अस्पतालकै बेडबाट आयो डा. केसीको यस्तो सन्देश

Dr govinda kc

काठमाडौं । चिकित्सा शिक्षा विधेयक पारित हुने अवस्था आएपछि अन्ततः चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनसर बसिरहेका डा. गोविन्द केसीले विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न अपिल गरेका छन् ।

संसदको बैठकको पूर्वसंध्यामा शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश दिँदै डा. केसीले विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुसँग अपील गरेका हुन् ।

संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।

उनले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सांसदहरुसँग माग गरेका छन् । उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

यस्तो छ उनको सम्बोधन

माननीय सांसदज्यूहरु
मेरो जानकारीमा आए अनुसार आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ । त्यसमा जनता र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु ।

प्रतिकृया दिनुहोस