धनकुटामा पहिलो पटक चोविसै घण्टा आँखा उपचार सेवा शुरु

Aakha chek

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले अब चौबिसै घण्टा सेवा प्रदान गर्ने भएको छ ।

हाल सो आँखा अस्पताल धनकुटाले प्रत्येक दिन बिहान १० बजे देखि ३ बजेसम्म आँखा उपचार सेवा संचालन गर्दै आएको छ । अबदेखि सार्वजनिक विदाको दिनबाहेक नागरिहरुलाई चौबिसै घण्टा सेवा प्रदान गर्ने छ । विदाको दिन पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म भने अस्पतालले सेवा प्रदान गर्नेछ ।

नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्णप्रसाद गुरागाईका अनुसार आँखा अस्पताल धनकुटाको सेवालाई अझ स्तरीय र प्रभावकारी बनाउन चौविसै घण्टा संचालन गर्न लागिएको हो ।

सो आँखा अस्पतालले चौबिसै घण्टा सेवा सञ्चालनको पूर्व सन्ध्यामा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गरेको छ । सो अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटाका उपाध्यक्ष तथा पदपूर्ती समितिका संयोजक रोशेष श्रेष्ठ, प्रचार प्रसार तथा शिविर समन्वय तथा संचालन समितिका संयोजक विजय सन्तोषी राई, कार्यसमिति सदस्य जयन्द्र प्रधान लगायतले डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाबाट उपलब्ध हुने सेवालाई अझ प्रभावकारी रुपमा संचालन गर्न साधन स्रोत सम्पन्न बनाउँदै लैजाने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...