अनसनरत डा. केसीको स्वास्थ्य सुधार, सारियो वार्डमा

Dr govinda kc

काठमाडौं । १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचाररत डा.केसीलाई आइतबार वार्डमा सारिएको छ ।

केसीले आईसीयू बेडको अभावमा बिरामीलाई उपचारमा समस्या नहोस् भनेर सार्न आग्रह गरेपछि साधारण वार्डमा सारिएको हो । अहिले डा. केसीको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

सरकारले १५ औं चरणको अनसनका क्रममा गरेको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै केसीले पुस २५ गते इलामबाट १६ औं चरणको अनसन थालेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...