डा. केसीको समर्थनमा आज दबाबमूलक कार्यक्रम हुँदै ‘हामी हजारौँ डा. केसी मिलेर लुटतन्त्रलाई निर्णायक चुनौती दिऔँ'

171533106solidairty

काठमाडौं । सोलिडारिटी फर डा.गोविन्द केसी अलायन्सले शनिबार माइतिघरमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै दबाब सिर्जनाका लागि कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । 

‘हामी हजारौँ डा. केसी मिलेर लुटतन्त्रलाई निर्णायक चुनौती दिऔँ’ भन्ने नाराका साथ सबै प्रदेशका मुख्य सहरका मुख्य चोकमा र्‍याली गरिने संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।

दिउँसो १२ बजे माइतीघरमा भेला भएर संसद् भवन रहेको नयाँबानेश्वरसम्म र्‍याली र बानेश्वरमा कोणसभाको कार्यक्रम घोषणा गरिएको संयोजक डा क्षेत्रीले बताए ।

डा केसीको जीवनरक्षाका लागि आम नागरिकलाई सबै प्रदेशका मुख्य सहरका मुख्य चोकमा भेला भएर सहयोग गरिदिन अलायन्सले अनुरोधसमेत गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले डा केसीसँगको सम्झौताविपरीत विधेयक पारित गरेपछि उनी पुन: १६‍औँ अनसन बसेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...