उत्तर कोरियाका नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुने

Trump kim hin61yv1cj

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन  र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना भेटवार्ता हुने भएको छ ।

अमेरिका पुगेका उत्तर कोरियाका एक उच्च अधिकारी किम योङ्ग चोलले ह्वाइटहाउसमा ट्रम्पसँग भेट गरेका छन् ।  भेटपछि आउँदो फेब्रुअरीको अन्त्यतिर ट्रम्प र किमबीच भियतनाममा वार्ता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ ।

किम योङ्ग चोल उत्तर कोरिया तथा अमेरिकाबीचको अघिल्लो पटक भएको वार्तामा सहभागीमध्येका एक सदस्य हुन् ।  ट्रम्प र किमबीच गएको जुनमा सिंगापुरमा पहिलो भेट भएको थियो यसलाई ऐतिहासिक भेट मानिएको थियो ।

त्यसपछि दुई पक्षबिच विभिन्न चरणमा बार्ता र छलफल भइरहेका छन् । जुनमा भएको भेटमा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे सहमतिमा हस्ताक्षर समेत भएको थियो ।

अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्  ।

प्रतिकृया दिनुहोस