यो जाडो मौसममा यसरी राख्नुस बच्चाको ख्याल

Baby

काठमाडौं । जाडो मौसममा श्वास्थ्यको बढि ख्याल राख्नपर्छ । बिशेषगरेर यो समयमा बालबालिका र बृद्धबृद्धाहरुको ख्याल गर्न अति जरुरी रहन्छ । 

१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ । 
२. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने ।
३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने । 
४. बासी खानेकुरा नखुवाउने ।
५. चिसो चिज सकेसम्म नदिने ।

६. उमालेको पानी पिउन दिने ।
७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने ।
८. बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने ।
९. कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने ।
१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ । 

११. जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन ।
१२. बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ ।
१३. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ ।
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...