डा. केसीको पछिल्लो अपडेट: यस्तो छ अहिलेको स्वास्थ्य अवस्था

Dr kc

 काठमाडौं । दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झनझन् खराव हुँदै गएपछि एन्टिवायाटिक चलाइएको छ। उनको स्वास्थ्य स्थिती बिग्रिंदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। उनको त्रिवि शिक्षण अस्पतालको आसियूमा उपचार भइरहेको छ।

डा. केसीको छातीमा संक्रमण भएका कारण एन्टिबायाटि औषधि चलाउन सुरु गरिएको छ। उनलाई छाती दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने र रक्तचाप पनि कम हुँदै गएको छ।

उनको ब्लड सुगर र फोरसफोर कम हँुदै जानुका साथै अक्सिजनको मात्रा पनि कम भएको छ । केसीलाई अक्सिजन समेत दिइएको छ।

उनको स्वास्थ्य जुनसुकै समयमा पनि जटिल हुन सक्ने भएकाले विषेश निगरानी राखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।
स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अनशनको नवौं दिन बिहिबार डा. केसीलाई काठमाडौं ल्याइएको थियो।

नेपाली सेनाको नाइटभिजनबाट शुक्रबार बिहान ३ बजे उनलाई शिक्षण अस्पतालमा लगिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...