अझैं खुलेन झिमरुक गाउँपालिकामा लगाइएको ताला

Jhimruk tala

प्युठान । झिमरुक गाउँपालिकाको केन्द्र जनतालाई पायक पर्ने स्थानमा नभएको भन्दै कार्यालयमा लगाइएको ताला ४ दिनसम्म पनि खुलाउने प्रयास भएको छैन ।

झिमरुक –८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा नतोकिएको भन्दै गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीको कार्यकक्षमा ४ दिनअघि तालाबन्दी गरिएको थियो । हो । गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको हो ।

झिमरुक गाउँपालिका अर्थात साबिकको लिवाङ गाविसको ३ वटा र तुषाराको १ वडा मिलाएर वडा नं ८ बनेको हो । हालको वडा कार्यालय रहेको साबिकको तुषारा गाविसको वडा नं १ फुलबारी बगैचामा वडा केन्द्र तोकिएपछि लिवाङबासी आन्दोलनमै उत्रिएका छन् ।

उनीहरुले विहिवार झिमरुक गाउँपालिका, जिल्ला प्रशाषन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र नै बुझाएका छन् । उनीहरुले ‘जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइँदैन, जनताको मौलिक हकको कार्यान्वयन गर’ जस्ता नारासमेत लगाए ।

संघर्ष समितिका संयोजक रेकमबहादुर महतरा र सचिब देवा गिरीद्धारा हस्ताक्षर गरी बुझाइएको ज्ञापन पत्रमा वडा कार्यालयको केन्द्र साविकको लिवाङ गाबिस ७, ८ र ९ का जनताका समर्थनमा सिफारिस गरिएको स्थान झिमरुक गाउँपालिका ८ को टिमुरचौर काभ्रालाई व्यवस्था गरी ८ को फुलबारीमा तोकिएको हुँदा जनबिरोधको पुर्नबिचार गरी बहुसंख्यक जनताको पायक पर्ने स्थान टिमुरचौर काभ्रा हुनुपर्ने उल्लेख गरिएको छ ।

लिवाङबासीले सो ज्ञापन पत्रको साथमा जनबिरोधी निर्णयको बिरुद्धमा सञ्चालन गरिएको केन्द्रबिरुद्धमा चालिएको हस्ताक्षर अभियानको प्रतिलिपी समेत बुझाएका थिए ।

यता, गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले प्रमुख जिल्ला अधिकारीकै सल्लाहले गाउँपालिकाको कार्यालय नखोलिएको बताउँछन् । उनले भने, ‘अध्यक्षको कार्यकक्ष नखोलेर सान्त हुन्छ भने मैले खोल्दैन् ।’ गाउँपालिकाको निर्णय अनुसार वडाको केन्द्र तोकेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...