उपत्यकासहित धेरै ठाउँको मौसममा आज बदली

Mausam chiso

काठमाडौं । उपत्यकासहित धेरै ठाउँको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै धेरै ठाउँको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद शान्ति कँडेलले जानकारी दिए ।

पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली भइहाल्ने उनको अनुमान छ । पश्चिमको एक दुई ठाउँमा पानी पनि पर्न सक्छ । यस्तै उच्च हिमाली भेगमा हिमपातको संभावना छ । तराई क्षेत्रको मौसम भने सफा रहने मौसमविद् कँडेलले जानकारी दिए ।

यो प्रणाली बिहीबार रातिदेखि हटे पनि अर्को प्रणाली पश्चिम प्रवेश गर्न लागेकाले अबको केही दिन पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

बिहीबार बिहान ३ दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौं दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...