अनसनरत डाक्टर केसीलाई सुईबाट ‘एन्टिबायोटिक’

Govinda kc 3 1

इलाम । चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ ।

सात दिनदेखि अनसनमा रहनुभएका डाक्टर केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उनलाई स्वास्थ्य सुविधा थप गरिएको हो ।

‘डाक्टर केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप सुविधा दिइएको हो, स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई हामीले सुईबाट एन्टिबायोटिक (आईभी एन्टिबायोटिक) औषधि दिन सुरु गरका छौँ’,इलाम अस्पतालका चिकित्सक डाक्टर वृजेशकुमार शाहले भने, ‘हामीले अरू सेवा पनि दिन खोज्यौँ तर डाक्टर साबले (डाक्टर गोविन्द केसी)ले मानेनन् ।’ डा। शाहका अनुसार अनसनरत डा। केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ ।

डा. शाहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा। केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...