यसकारण पनि स्वास्थ्यवर्दक छन् माघीमा खाइने कन्दमुलहरु

Maghe sankranti food

काठमाडौं । नेपाली समाजमा माघे संक्रान्ति पर्वको विशेष महत्व रहेको छ । यो पर्वमा तरुल, घ्यू, चाकु, तिलको लड्डु, खिचडीलगायतका परिकार खाने चलन छ ।

माघे संक्रान्तिको दिनदेखि सूर्य उत्तरायण हुने भएकाले यो पर्वलाई मकर संक्रान्तिकारुपमासमेत मनाउने गरिन्छ । माघे संक्रान्तिपछि दिन लामो र रात छोटो हुँदै जाने विश्वास पनि रहेको छ ।

नेपालका हरेक समुदायले यो पर्व आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । मकर संक्रान्तिकारुपमा मनाउनेहरुले विभिन्न तीर्थमा गएर स्नान गरी पूजा–आराधना गर्ने गर्दछन् ।

अधिकांश समुदायमा भने यस पर्वको अवसरमा तरुल, सखरखन्ड, घ्यू, चाकु, तिलको लड्डु, भुजा वा मुरैको लड्डु, खिचडीलगायतका परिकार खाने चलन छ । पौष्टिक तत्वले भरपुर यी खानेकुराहरु स्वास्थ्यका लागि निकै लाभदायक छन् । तरुललगायतका कन्दमुल यो सिजनका मौसमी खानेकुरा पनि हुन् ।

परम्परादेखि चल्दै आएका सांस्कृतिक पर्वमा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ । माघे संक्रान्तिमा खाइने चाकु, घिउ, तिल तरुलजस्ता खाद्य पदार्थले जाडो याममा राम्रो ऊर्जा दिने बताउँछिन् । चिसो याममा हाम्रो शरीरलाई ऊर्जा चाहिन्छ । चाकु, घिउ, तिलजस्ता पदार्थले हाम्रो शरीरमा ऊर्जा दिने काम गर्छ ।

यति हुँदाहुँदै पनि आवश्यकभन्दा बढी घिउ, चाकु नखान उनको सुझाव छ। मुटु, मधुमेह र प्रेसरका बिरामीले भने यी चिज खाँदा ध्यान दिनुपर्ने हुन्छ । सामान्य स्वस्थ मानिसले मिलाएर घिउ, चाकु खाए हुन्छ । घिउ, तिलमा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले थोरै खाँदा हुन्छ ।

यिनीहरुमा कार्बोहाइडेट, फाइबर, मिनरल र प्रोटिनको मात्र प्रशस्त रुपमा पाइने हुँदा यसले शरीरलाई निकै फाइदा पुर्‍याउने पोषणविद्को भनाइ छ । यो पर्व मध्य जाडोयाममा पर्ने भएकाले यतिबेला खाइने घ्यू, चाकु, तिलको लड्डुलगायतका खानेकुराले शरीरको तापक्रम बढाइ जाडोबाट बच्न सहयोग गर्नुका साथै विभिन्न चर्मरोग र जोर्नीका समस्याहरुमा राहत पुर्‍याउँछ ।

यस्ता खानेकुराहरु जाडोयामभरि खाँदा पनि मानव शरीरलाई फाइदा पुग्नेमा शंका छैन । तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ ।

तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ । तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...