बिहान कागती पानी पिउनुको यस्तो छ ७ फाइदा

Lemon water

काठमाडौं । केही सामान्य परिवर्तनले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउन सक्छ । जीवनशैलीमा साधारण बदलावले पनि तपाईंलाई स्वस्थ्य र दिनभरी ऊर्जावान् रहन पनि मद्दत गर्नसक्छ । आफ्नो दिनलाई एक गिलास कागती पानीले सुरु गर्न निकै सजिलो छ । यसले तपाईंको स्वास्थ्यमा विभिन्न सकारात्मक प्रभाव पार्ने गर्छ ।

तौल घटाउन सहयोग
यदि तपाईं तौल घटाउने अभियानमा हुनुहुन्छ भने प्रत्येक बिहान मनतातो पानीमा कागती निचोरेर पिउनुहोस् । यसो गर्दा तपाईंको तौल घट्छ । यद्यपी, प्रभावकारी ढङ्गले तौल घटाउन व्यायाम र खान्कीमा पनि विशेष ध्यान दिनुपर्छ ।

पाचन क्रिया बलियो बनाउँछ
कागती सिट्रिक एसिडको राम्रो स्रोत हो जसले पाचनमा सहयोग पुर्याउँछ । एसिडले खानेकुरालाई स–साना टुक्रा पार्छ । कागती पानीले कलेजोलाई बाइल जुस निष्कासन गर्न प्रोत्साहित गर्छ जसले पाचनमा सहयोग पुर्याउँछ र शरिरलाई डिटक्सिफाई गर्छ । कागतीको रसले पेटको एसिडलाई प्रभावकारी रुपमा काम गर्न सहयोग गर्छ ।

एन्टिअक्सिडेन्ट प्रदान गर्छ
कागती पानीले दिनको सुरुवात गर्दा शरिरमा एन्टिअक्सिडेन्ट बढ्छ । यसले शरिरलाई आवश्यक एन्टिअक्सिडेन्टको पूर्ती गर्छ । कागतीमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले कोसिकाको क्षतीबाट हुन जोगाउँछ । यसले तपाईंको छालालाई स्वस्थ्य बनाउँछ भने प्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसले शरिरमा क्यान्सर, मधुमेह र मुटुरोगलाई बढ्नबाट जोगाउँछ ।

भिटामिन सी प्रदान गर्छ
कागती भिटामिन सीको निकै राम्रो स्रोत हो । यसले तपाईंको दैनिक भिटामिन सीको आवश्यकता पूर्ती गर्छ । भिटामिन सीले तन्तुहरुको वृद्धि र मर्मतमा सहयोग पुर्याउँछ । भिटामिन सीले शरिरलाई खानाबाट आइरन सोस्न सहयोग गर्छ । त्यसकारण एक गिलास कागती पानीले तपाईंको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

तपाईंलाई हाइड्रेट राख्छ
कागती पानीले तपाईंलाई दिनभरीका लागि हाइड्रेट राख्छ । तपाईंको शरिरलाई दैनिक काम कारवाहीका लागि पर्याप्त पानीको आवश्यक पर्छ । कागती पानीले शरिरभित्रको अतिरिक्त विषाक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।

मृगौलालाई स्वस्थ राख्छ
कागती पानीले निर्जलीकरण र मृगौलाको पत्थरी हुनबाट रोक्छ । कागती पानीले मृगौलामा जम्मा भएका पदार्थलाई बाहिर निकाल्ने गर्छ । यसले शरिरलाई हाइड्रेट गराउने भएकाले मृगौलालाई स्वस्थ राख्छ ।

ऊर्जावान् राख्छ
बिहान एक गिलास कागती पानीले ऊर्जा र मेटाबोलिजममा वृद्धि गर्छ । यसका साथै, कागती पानीले मुडलाई राम्रो बनाउनुका साथै डिप्रेशन र तनावलाई टाढा राख्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । यसले सासलाई पनि ताजा राख्छ ।

प्रतिकृया दिनुहोस