काठमाडौंमा भेटियो ‘स्वाइन फ्लु’, सतर्क रहन चिकित्सकको आग्रह

Swin flu

काठमाडौं । उपत्यका स्वाइन फ्लुका विरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना महिलामा स्वाइन फ्लु फेला परेको हो ।

आइतबार बिहान रुघाखोकी तथा ज्वरो लागेर आएकी एक युवतीमा स्वाइन फ्लुको संक्रमण देखिएको हो । गम्भीर खालको रुघाखोकीसहित र ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएकी ती महिलामा स्वाइन फ्लुको शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना जाँच गर्दा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा नै स्थायी रुपमा बस्ने युवतीमा स्वाइन फ्लु देखा परेको हुँदा उच्च सर्कता अपनाउनुपर्ने अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

‘स्वाइन फ्लु पनि एक प्रकारको फ्लु हो । स्वाइन फ्लुका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुने भएकाले रुघाखोकीमा पनि हेलचेक्र्याई गर्नु हुँदैन’ उनले भने, ‘यो चिसो मौसममा धेरैलाई रुघाखोकी लाग्ने गर्छ । जसले गर्दा मानिस स्वाइन फ्लू र रुघाखोकीमा झुकिने गर्छन् ।’

के हो स्वाइन फ्लु ?
स्वाइन फ्लु पनि एक प्रकारको फ्लू हो । मौसममा देखिने रुघाखोकीका बिरामी जस्तै स्वाइन फ्लु पनि त्यस्तै भएकाले स्वाइन फ्लु देखिहालेमा आतिनु पर्दैन । तर यसलाई हेलचेक्रयाइ गर्नु पनि हुँदैन ।

स्वाइन फ्लु भएमा सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिने वित्तिकै चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।

स्वाइन फ्लुबाट जोगिन मानिसले आफूलाई सफा सुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरूबाट टाढा रहनु पर्छ । स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीड भाडमा नजाने, बाहिर हिड्दा माक्सको प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...