डा. केसीको आज पाँचौ दिन पनि सत्याग्रह जारी, स्वास्थ्य अवस्था दिनदिनै बिग्रदै

Dr kc

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीकोे आज पाँचौ दिन पनि सत्याग्रह जारीे छ । पुस २५ गतेदेखि सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा भने समस्या दिनप्रति दिन बढ्दै गएको छ ।

केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार नै भुइँबाट बेडमा सारिएको छ ।स्वास्थ्यमा तत्काल गम्भीर समस्या नभएपनि विग्रदो अवस्था रहेकाले सावधानी अपनाउन सुझाव दिएको सहयोगी चिकित्सक डा.रामकृष्ण आचार्यले जानकारी दिनुभयो ।

इलाममा अत्याधिक चिसो बढेकाले पनि स्वास्थमा झन समस्या थपेको हो । १५ औं सत्याग्रहपछि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उहाँले इलाममा पुनः सत्याग्रह थाल्नुभएको हो ।

पाँचौ दिनसम्म सत्याग्रह जारिरहँदा केसीको मुद्दामा सर्मथन जनाउनेको संख्या पनि थपिदै गएको छ । आज पनि समर्थन स्वरुप विशाल र्यालीको तयारी भइरहेको छ । तर सरकारी पक्षवाट भने आजसम्म बार्ता र सम्वादको कुनै पनि पहल नभएको सहयोगीले जनाएका छन् ।

स्वास्थ्य र शिक्षालाई व्यपारीकण गर्न नहुने अडान राख्दै आएका डा. केसीको माग सुनुवाई नभएपछि अर्को सत्याग्रह थाल्नुभएको हो ।
स्वास्थ्य र समसाहिक विषयका ७ बुँदे माग केसीको रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...