निजी कलेजमा ब्रम्हलुट हुँदा कसले रोक्ने ? नेसनलले नै लियो तोकेभन्दा १४ लाख बढी शुल्क

National medica  college birgunj

काठमाडौं । सरकारले उपत्यकाका निजी मेडिकल कलेजहरुले ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार तोकेकोमा त्यो भन्दा झण्डै १४ लाखसम्म असुल गरेको भेटिएको छ ।

गत २६ असोजमा सरकारले एमबिबिएस पढाउन उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बाहिरका कलेजलाई ४२ लाख ४५ हजार लिने शुल्क निर्धारण गरेको थियो । तर अधिकांस निजी कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क असुल्दै आएका छन् ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुल्दै आएको छ । सरकारले तोकेको भन्दा नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाउँदै आएको छ । नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि पाइएको छ ।

नेसनलले भर्ना शुल्क ३५ हजार, ल्याब १ लाख ४० हजार, ट्युसन ४२ लाख ४५ हजार, पुस्तकालय १ लाख ४० हजार, परीक्षा १ लाख ४० हजार, दर्ता २० हजार ६ सय, खेलकुद र अन्य १ लाख ६० हजार, प्रमोसन ३ लाख ७५ हजार, भ्रमण १ लाख, इओएम इन्स्टिच्युसनल ५० हजार सम्बन्धन ३० हजार, क्लिनिकल ट्रेनिङ १ लाख ५० हजार र होस्टेल ८५ हजार शुल्क लिने गरेका पाइएको छ ।

नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले सरकारी निर्णय उल्लंघन गर्दै भर्ना शुल्कमा मनोमानी गरेको भेटिँदा पनि कारवाही भने हुन सकेको छैन । शुल्क तोके पनि सरकारले कार्यान्वयनमा कडाइ नगर्दा मेडिकल कलेजहरूले मनलाग्दी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...