जाडो मौसममा अनुहारलाई यसरी आकर्षक बनाउनुस्

Anuhar

काठमाडौं । मानिसको पहिलो सौन्दर्यता नै अनुहार हो । अनुहारलाई आकर्षक र राम्रो बनाउन हरप्रयास गरिन्छ । यो जाडो मौसममा अनुहार धेरै सुख्खा हुने र फुट्ने हुन्छ । यो मौसममा हामीले हाम्रो अनुहार एकदम राम्रो सँग हेरबिचार गर्नु पर्ने हुन्छ ।

यो मौसममा अनुहारमा केही कुरा लगाउँनु अगाडी त्यो कुराले कस्तो असर गर्छ ध्यान दिनु जरुरी हुन्छ । हामी अनुहार सुन्दर बनाउँन केही चिजहरु लगाउँछौ तर त्यसको जानकारी थाहा नपाई लगाउँदा झन् हाम्रो सौन्दर्य बिग्रन्छ । ब्यूटी एक्सपर्टसहरु ले यी तल दिएका केही चिजहरु जाडो मौसममा नलगाउनु नै बेस्ट बताएका छन् ।

कागती
यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

सिरका
भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

बियर
बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

बेकिंग सोडा
यसमा पाईने अल्केलाइड्सले छालाको एज् लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग–धब्बा बन्छ र चमक कम हुन्छ ।

पुदिना
यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

सुन्तला
सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

यस मौसममा अनुहारमा के लगाउँदा रंग गोरो हुन्छ 
काँचो दूध लगाउनुहोस् । यसले छालाको सुख्खापन कम हुन्छ र चमक बढ्छ । ओलिभ ओयल लगाउनुहोस् । यसले छालाको नरमपन बनाई राख्छ र रंग गोरो हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...