भक्तपुर क्यान्सर अस्पतालमा शुद्ध खानेपानीको व्यवस्थापन

Cancer hospital news

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा शुद्ध खानेपानीको व्यवस्थापन गरिएको छ ।

प्रसुनदेवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध खानेपानीको खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरिन् । शुद्धीकरण सहितको सो खानेपानी करिब १२ लाख लगानीमा तयार भएको हो ।

शुद्ध खानेपानीको उदघाटनपछि भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले नै परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

उनले क्यान्सरलाई भयावहको रूपमा नभई सामान्यीकरण गर्नुपर्ने बताइन् । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन सके क्यान्सर रोग कुनै समस्याग्रस्त नबन्ने उनको भनाई छ ।

मन्त्री मगरसँग क्यान्सर पीडित व्यक्तिहरुले सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिन माग गरेका थिए । उनीहरूको माग सुनिसके पछि उनले सरकारको तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाइन् ।

नेपाल अर्बद रोग निवारण संस्थाका अध्यक्ष तथा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) को सभापतित्वमा भएको सो कार्यक्रममा अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग गर्ने समाजसेवी रिना श्रेष्ठ र प्रसुनदेवी घिराइयालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...