‘माफियाका ताती, सरकारका साथी’ माइतीघरमा लाग्यो यस्तो नारा

Dr kc 28

काठमाडौं । १६ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । डा. केसी इलाममा अनसनरत छन् ।

१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरस्थित मण्डलामा शनिबार प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समूहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

डा. केसीका समर्थकहरूले माफियाका ताती, सरकारका साथी, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका थिए । सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै डा. केसीले इलाममा अमरण अनसन सुरु गरेका थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा. केसीले बुधबारदेखि अनसन थालेका हुन् ।

उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न माग गरेका छन् । यसअघि शिक्षा विधेयकका २२ बुदा संसोधन गर्ने सहमती भएको थियो ।

केसी गत असार १६ गते १५ औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए । पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो । डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...