गोविन्द केसीको समर्थनमा आज माइतिघरमा प्रदर्शन हुने, सहभागि हुन सबैलाई आह्वान

1731894438gkc sanibar

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा आज माइतिघरमा प्रदर्शन हुने भएको छ ।

सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज मध्यान्ह १२ बजे माइतिघरमा प्रदर्शन हुने भएको हो ।

डाक्टर केसीको समर्थनमा लामो समयदेखि सक्रिय अभियान्ताहरुको अगुवाईमा प्रदर्शन हुन लागेको हो । प्रदर्शन मध्यान्न १२ बजे सुरु हुने डाक्टर केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियान्ता प्रितम सुवेदीले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागि हुन आह्वान गरिएको बताए। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चैत्रभित्रै लोकसेवाले तल्लो तहदेखि सहसचिव स्तरसम्मका १५ हजार कर्मचारी भर्ना गर्ने

Lok sewa aayog

काठमाडौं । स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम कारवाही प्रभावित भइरहेका बेला सरकारले झण्डै १५ ...