क्रमसः बिग्रन थाल्यो डा. केसीको स्वास्थ्य

Dr kc 3rd

इलाम । बुधबारदेखि अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ । शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ भने रक्तचाप न्यून हुँदै गएको छ ।

अनसनको दोस्रो दिनको बेलुकीबाट स्वास्थ्यमा समस्या आउन थालेको छ । उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको छ । उनलाई खोकी निरन्तर लागिरहेकाले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकले सावधानी अपनाउन थालेका छन् ।

शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीका कारण इलाम अस्पतालको स्वास्थ्य टोलीले नसामा क्यानुला राख्न नसकेको बताइएको छ । मुटुको चाल ठिकै रहे पनि कुनै समय असामान्य हुन सक्ने भएकाले निरन्तर मोनिटरिङ गरिएको डा. रामकृष्ण आचार्य बताउँछन् ।

नीय स्वास्थ्यकर्मीको टोलीले उनको स्वास्थ्यमा निरन्तर निगरानी गरिरहेको छ । उनको उपचारमा डा. रामकृष्ण आचार्यका साथै डा. बृजेन्द्र, डा. सर्विन्द्र, डा. सञ्जय लगायत स्थानीय रूपमा उपलब्ध चिकित्सक, नर्स, हेल्थ असिस्टेन्टहरुको टोली छ ।

यता, उनलाई भेट्न आउने शुभचिन्तकहरुलाई परैबाट भेट्न आग्रह गर्दै सत्याग्रह परिसरको मध्य भागमा डोरी राखेर अलग्गै राखिएको छ ।

सरकारसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने उनको माग थियो । तर सरकारले बुधबार विधेयक बहुमतले पास गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...