१६ औँ सत्याग्रह बस्न इलाम पुगे डा. केसी, आज ४ बजेपछि सत्याग्रह थाल्ने

Dr.govinada kc

इलाम । १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै आएका डा. गोविन्द केसी इलाम पुगेका छन् । बुधबारसम्ममा माग पूरा नभए १६ औं सत्याग्रह बस्ने भन्दै डा. केसी दोस्रो पटक इलाम आइपुगेका हुन् ।

डा. केसीले बुधबारसम्म माग पूरा नगरे १६ औं सत्याग्रह थाल्ने चेतावनी दिँदै आएका छन् । उनले बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने योजना अनुरुप इलाम पुगेका हुन् ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उनी दोस्रोपटक इलाम आइपुगेका हुन् । गत पुस १५ गते मंगलबार सत्याग्रह बसन भनेर पहिलोपटक इलाम आइपुगेका डा. केसीले ७ दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गरेका थिए ।

सरकारसँग भएको सम्झौताअनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेछ । सात वटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना खोल्ने लगायतका माग डा. केसीको रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...