देशभरीका चिकित्सकले आज पनि १ घण्टा सेवा बहिष्कार गर्ने

Bbbb

काठमाडाौं । आईतबार एक घण्टा आकस्मिक बाहेकको सेवा बहिस्कार गरेका देशभरीका स्वास्थ्य संस्थाहरूमा सरकारी चिकित्सकरूले आज पनि सेवा स्थगनको कार्यक्रम जारी राख्ने भएका छन् ।

सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि विभेदकारी व्यवस्था लागू गर्न लागेको भन्दै आन्दोनलमा उत्रेका सरकारी डाक्टरहरुले आज पनि बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा सेवा बहिष्कार गर्ने चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डिराज पौडेलले जानकारी दिए ।

संघले समायोजन र नयाँ संरचनाको विरोधमा हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ समेत गरेको थियो । घेराउपछि स्वास्थ्यमन्त्रीसँगको भेटमा संघका प्रतिनिधीले आफ्ना मागका विषयमा जानकारी गराएका थिए ।

उक्त छलफलमा सकारात्मक कुरा नआएपछि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नु परेको संघका उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...