चिकित्सकले आज आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने

Doctor 1

काठमाडौं । सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि विभेदकारी व्यवस्था लागू गर्न लागेको भन्दै आन्दोनलमा उत्रेका सरकारी डाक्टरहरुले आजदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन् ।

स‌ंघको आइतबार  बसेको बैठकले देशै भरीका स्वास्थ्य संस्थाहरूमा सरकारी चिकित्सकरूले १० देखि ११ बजे बिहान १ घण्टा आकस्मिक बाहेकका सम्पूर्ण सेवा स्थगन गरी आफू कार्यरत अस्पतालमा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए ।

संघले समायोजन र नयाँ स‌ंरचनाको विरोधमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेको थियो । घेराउपछि स्वास्थ्यमन्त्रीसँगको भेटमा संघका प्रतिनिधीले आफ्ना मागका विषयमा जानकारी गराएका थिए । उक्त छलफलमा सकारात्मक कुरा नआएपछि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नु परेको स‌ंघका अध्यक्ष पाण्डेले बताए ।

उनका अनुसार सरकारले वार्ता र सहमतीको लागि कुनै कदम नचालेमा सम्पूर्ण स्वास्थ्य सेवा छोडेर थप कडा आन्दोलनमा होमिन बाध्य हुने पनि जानकारी दिए ।

यस्ता छन् संघका माग

१. यस संघले प्रस्तुत गरेका कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने र कर्मचारी समायोजनको प्रकियामा भाग नलिने निर्णय भएकोमा यसै विज्ञप्ति मार्फत देशभरीका सम्पुर्ण सरकारी चिकित्सकज्युहरुलाई हाललाई समायोजन फारम नभरिदिन आव्हान गरिन्छ ।

२. स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई गरिएको घोर उपेक्षा तथा अबमुल्यनको बिरोध स्वरूप सम्पूर्ण सरकारी चिकित्सकले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यही आईतबार बिहान १० बजे घेराउ तथा धर्ना कार्यक्रम डाकिएकोमा सम्पुर्ण चिकित्सकज्यु तथा सुभेक्षुकहरुलाई सकृय सहभागीको आगि आव्हान गर्ने । 

प्रतिकृया दिनुहोस