स्वास्थ्यका लागि अल्कोहल कति हानिकारक हाला ? जानी राखौं

Alkohal

काठमाडौं । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । एउटा अध्ययनअनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ ।

- नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्यधिक हुने पत्ता लगाएको छ । त्यस्तै, अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक रूपमा बढाउँछ ।

- अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।

- सामान्य मानिसभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना पनि अत्यधिक हुने गरेको अनुसन्धानको निष्कर्ष छ ।

- अल्कोहलिकहरू मधुमेह, मुटुरोगलगायतका समस्याबाट पनि ग्रसित हुन्छन् ।

- अत्यधिक अल्कोहल पिउने व्यक्तिमा मानसिक समस्याको जोखिम पनि उत्तिकै हुने गर्छ । मानिसले तनाव कम गर्ने निहुँमा अल्कोहलको सहायता लिने गर्छन् । तर, समस्या के भने यसले मस्तिष्कलाई नै अत्यधिक असर पार्ने गर्छ ।

- केही मात्रामा अल्कोहलको सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम हुन्छ । तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...