डा. केसी आज १६ औँ चरणको अनसन बस्ने तयारीमा

Govinda kc 3 1

काठमाडौंं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले आज १६ औँ चरणको अनसन थाल्ने तयारी गरेका छन् । आफ्ना माग पूरा गर्न हिजो सम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिएका छन् ।

१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन, सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग पूरा गर्न सरकारलाई उनले हिजोसम्मको अल्टिमेटम दिएका थिए ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना सुरु नभएको लगायत मागमा सरकार गम्भीर नभएको निष्कर्षसहित डाक्टर केसीले १६ औं चरणको अनशनको तयारी गगरेका हुन् ।

केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।

यसैबीच चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न बिहान १० बजे संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्दैछ । यद्यपि सरकारले चिकित्सा शिक्षा विधेयक संसदको जारी अधिवेशनमा पनि प्रस्तुत नगर्ने संकेत गरेको छ ।

डाक्टर केसीसँग भएको सम्झौता अक्षरशः विधेयकमा समावेश गर्ने नगर्ने बिषयमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र सत्तारुढ नेकपाकै सांसदबीच विवाद भएपछि समिति बैठक नै प्रभावित हुँदै आएको छ ।

समितिको आजको बैठकको निर्णयपछि डाक्टर केसीले अनसन बस्ने नबस्ने तय हुने उहाँका सहयोगी सिंहले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...