जानी राखौं, घरमै बसेर यसरी नङ चम्काउन सकिन्छ

1737640531nang

काठमाडौं । मानिसले सुन्दरताका लागि अनेको उपाय अपनाउने गर्छन् । शरीरका अंग अंगको सजावट सुन्दरताकै लागि गरिन्छ ।

कतिपयले शरीरका विभिन्न भागमा अनेकौ शैली अपनाएर पनि आफुलाई सुन्दर बनाएको सावित गरिरहेका हुन्छन् । नङ प्रत्यक्ष देखिने अंग हो । कतिपयले नङलाई सुन्दरताको प्रतिककै रुपमा पनि मानिरहेका हुन्छन् । त्यही भएर नङको सजावटका लागि विभिन्न उपाय अपनाइरहेका हुन्छन् ।

हर्बल मास्क
नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातो पानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घन्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छानेर बाहिर हटाउनुपर्छ ।

यसमा केही थोपा ओलिभ आयल राख्नुपर्छ । अनि आल्मन्ड र दुई चम्चा गहुँको आँटाको मिश्रण गराई नङमा लगाउनुपर्छ । जसले केही समयपछि नै नङलाई चम्किलो बनाउने काम गर्छ ।

कागती र नुन
यदि तपाईंको नङ कमजोर भएर टुट्न लागेको छ भने नुन र कागतीको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दुई चम्चा नुनमा कागतीको रस, गहुँको पिठो मिसाउनुपर्छ । त्यसमा ओलिभ आयल पनि मिसाउन सक्नुहुन्छ ।

यस्तो मिश्रणलाई मनतातो पानीमा राम्रो घोल्नुस् । अनि त्यसलाई नङमा लगाएर १० देखि १५ मिनेटसम्म राख्न सक्नुहुन्छ । यस्तो काम हप्तामा तीनपटकसम्म गर्दा केही समयपछि नै नङ सुन्दर देखिन्छ ।

प्रतिकृया दिनुहोस