के तपाईको स्मरणशक्ति कमजोर छ ? त्यसो भए यसरी बढाउन सकिन्छ

Memoery

काठमाडाैं  । हामी दैनिक जीवनमा आइपर्ने स–साना कुरा बिर्सिराखेका हुन्छौँ । केही कुरा छिट्टै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या हुन्छ ।

स्मरणशक्ति सबै मानिसमा समान हुँदैन । तर, केहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आइरहेको पाइएको छ । स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ ।

-निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

-नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।

-बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।

-बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।

-दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।

-दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ ।

-सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।

-घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस