के तपाई सिस्नो खानुहुन्छ ? यस्ता छन् फाइदाहरु जानीराख्नुस

Sisnu

पोषण तत्व
सिस्नोमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व  प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् ।

औषधीय गुण
-सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
-कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
-पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ ।
-हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ ।
-सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
-यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण  भूमिका निर्वाह गर्छ ।

उपयोग विधि
-सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
-सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...