यौन सन्तुष्टि पाउन कत्रो लिङ्ग ... ?

Cuddling makes her happier after sex

काठमाडौं । समयको परिवर्तन सँगै मानिसको सोचमा परिवर्तन भइरहेको छ । विशेषगरी यौनको मामलामा मानिसहरू अलि बडी खुल्न थालेका छन् । अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन् ।

कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन् । सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन् ।

लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो ।

उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए । लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् ।

पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ । अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू ।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३।४ देखि ३।७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५।१ देखि ५।७ इन्च हुन सक्ने जनाएको छ ।

यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ । बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन् । तीमध्ये पम्पहरू बढी प्रचलित छन् । तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।

नत्र यसले लिंगलाई चोट पुर्याउनसक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ । ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ ।

लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ । त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो ।

लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो । महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन ।
न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो । सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ ।

हतार–हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ । सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ ।

प्रतिकृया दिनुहोस