जाडोमा तुलसी सेवनका फाइदा यस्ता छन्

Tulsi

काठमाडौं । धार्मीक मान्यता अनुसार तुलसीको आफ्नै छुट्टै मान्यता छ । धेरैको घर आँगनमा तुलसी रोपिएकै हुन्छ । तुलसी धार्मीक् तथा आर्युवेद आन्यता अनुसार मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ । आर्युवेदीक मान्यता अनुसार दिनहुँ तुलसी सेवन गर्ने निरोगी हुन्छन । विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

बिहान खाली पेटमा द्ई वटा जती तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउन सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...