जुम्रीमा स्वास्थ्य सुदृढीकरणसम्बन्धि कार्यक्रम सम्पन्न

Helth progam pyuthan

प्युठान । स्वास्थ्य सेवा सुदृढिकरण, प्राथमिकता क्षेत्र निर्धारण तथा योजना तर्जुमा सम्बन्धमा अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रीमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय प्युठानको आयोजना र कालिका विकास केन्द्र नेपाल तथा सेभ द चिल्ड्रेनको सहकार्यमा जिल्लाका ९ वटै स्थानीय तहसँग समन्वय गरी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपति र मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरलले स्वास्थ्यसम्बन्धि गुरुयोजना बनाउने तयारीमा रहेको र स्थानीय स्तरमा स्वास्थ्यसम्बन्धि विज्ञ नहुँदा र कर्मचारीहरु त्यती जानकार नभएर पनि स्वास्थ्य सम्बन्धिका समस्या बढेको बताए ।

सो कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल लगायतले स्थानीय स्तरमा स्वास्थ्यसम्बनधी जनचेतना जगाउन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

सो कार्यक्रममा प्युठान नगरपालिका र मल्लरानी गाँउपालिकाले स्वास्थ्यसम्बन्धि घरदैलो कार्यक्रम तत्काल शुरु गर्ने जानकारी दिइयो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य विज्ञ उक्तम न्यौपानेले गरेका थिए । कार्यक्रममा स्वास्थ्य संस्थाको व्यवस्थापन, सञ्चालन, स्वास्थ्यका सूचकको अवस्था, स्वास्थ्य सेवा र अधिकार क्षेत्रहरु, हकहरु, स्वास्थ्य सेवाका निर्धारक तत्वहरु, राज्यले तोकेका लक्ष्य एंव हालसम्मको उपलब्धिको बारे सहजीकरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...