भित्रिन थाल्यो भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक मेसिन

Vaktapur cancer hospital

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक ल्याब मेसिन र बिशेषज्ञ डाक्टर र प्राबिधिक भित्रिन थालेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा हालै प्याथोलोजीको एडभान्सड् मेशिन (भिटोज ३५) जडान गरिएको छ । यस अत्याधुनिक मेशिनबाट हिमाटोलोजी बायाकेमेस्टी, ट्यूमरमार्करलगायत क्यान्सरसम्बन्धि सबै परीक्षण हुने थालेको छ ।

अस्पतालका जुनियर कन्सल्टेन्ट (प्याथोलोजिष्ट) डा. राकेश पाठकका अनुसार यो एड्भान्सड् टेक्नोलोजी भएकोले आम सर्वसाधारणले सरल र सुलभ मूल्यमा प्याथालोजी सेवा प्राप्त गर्न सक्नेछन् ।

अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले क्यान्सर भएका बिरामीहरुका लागि दिइने अत्याधुनिक रेडिएसन मेसिन (लिनायक) चाँडै अस्पतालमा जडान हुन लागेको बताए । आम सर्वसारधाणले सस्तो र भरपर्दो सेवा प्राप्त गर्नसक्ने उनको भनाई छ । सरकारले बिपन्न नागरीकलाई दिईने उपचार रकम एक लाख धेरै कम हुने भएकाले कम्तीमा पाँच लाख दिनुपर्ने उनको माग छ ।

सो अस्पतालमा बाल क्यान्सर विशेषज्ञ डा. सुष्मा गुरुङ, क्यान्सर बिशेषज्ञ निउरो सर्जन डा. राजिब शाहले पनि विरामकिो स्वास्थ्य परिक्षण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...