सन्तनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Helth camp

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ९ खल्ला सन्तनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमदत्त नगरपालिका, सुदूरपश्चिम फार्मेसी संगठन र सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले सन्तनगरमा संयुक्त शिविर आयोजना गर्दा ३ सय वासिन्दाले निःशुल्क स्वास्थ्य स्वास्थ सेवा लिएका छन् ।

सन्तनगरस्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर आयोजना गरिएको छ । शिविरमा स्थानीयको स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको छ । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार ईश्वरीप्रसाद खरेलका अनुसार शिविरबाट तीन सय जनाले स्वास्थ्य सेवा पाएको बताए ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन गरिएको थियो । सो स्वास्थ्य शिविरको समापन समारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट गरे ।

नगर प्रमुख विष्टले खल्ला मुसेट्टीका वासिन्दाले विगतमा वासिन्दाले सिटामोल पाउन नसकेका समाचार आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था अन्त्यका गर्नका लागि शिविर आयोजना गरिएको बताए । ‘यो क्षेत्रका वासिन्दाले सिटामोल खान नपाएका समाचार सुन्यौ, देख्यौ, अब त्यस्तो अवस्था रहने छैन’ नगर प्रमुख विष्टले भने,‘यो शिविरबाट स्थानीयलाई सेवा मिलेको छ, यसका लागि टीमका सबैलाई धन्यवाद दिन चाहन्छु, आगामी दिनमा शिविरलाई निरन्तरता दिन चाहन्छौँ ।’

भीनपा वडा नं. ९ का वडा अध्यक्ष राम नाथले वडा नं. ९ भौगोलिक रुपमा विकट भएकाले विकास निर्माणमा पछाडि परेको बताए ।वडा अध्यक्ष नाथले शिविरबाट अस्पतालसम्म पुग्न नसकेका स्थानीयलाई स्वास्थ्य सेवा पुगेको बताए ।

शिविरमा डा. बैभव भट्ट, डा. निरज संग्रौला, डा. प्रशान्त जोशी, डा. सरोज सिटौला, डा. राजु पौडेलको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...