तिलाचौरमा गरियो सरसफाई

Safai 22

महेन्द्रनगर । भीमदत्त नगरपालिका जनप्रतिधि र सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका अगुवाले तिलाचौरमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारीअन्तर्गत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा तिलाचौरमा सरसफाई गरिएको छ ।

नगरपालिका समितिले हरेक शनिबार नगरका विभिन्न क्षेत्रमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिका नगर उपप्रमुख सुशिला चन्द सिह, भीनपा वडा नं. ८ का अध्यक्ष ध्वजबहादुर विष्ट, ४ का लक्ष्मीदत्त बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत लगायतका विभिन्न क्षेत्रका अगुवा सहभागी भएका छन् ।

तिलाचौरमा त्रिभुवन माध्यमिक विद्यालय र आशपासका क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा स्थानीय र विद्यार्थी सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्दले स्थानीयलाई सरसफाई सम्बन्धी जनचेतना फैलाउन साप्ताहिक रुपमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । भीमदत्त नगरपालिका वडा नं। ४ बजारबाट सरसफाई अभियान सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...