महिला स्वास्थ्य स्वयमसेविका दिवसमा महिला जनप्रतिनिधि सम्मानित

Ktm 1

काठमाडौं । १५ औं महिला स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा लामो‌ समयदेखि महिला स्वास्थ्य स्वयंसेविका रुपमा सेवा गरी जनप्रतिनिधि भएका ७ जना महिला सम्मानित भएका छन् ।

बुडानिलकण्ठ नगरपालिकाद्धारा आयोजित कार्यक्रममा उनीहरुलाई नगरप्रमुख उद्धवप्रसाद खरेलले दोसल्ला ओढाई सम्मान गरे । त्यसैगरी महिला स्वास्थ्य स्वयं सेविका रुपमा कार्यरत रहदाँ मृत्यु भएकी केशरीमाया डंगोललाई मरणोप्रान्तसम्मान प्रदान गरियो ।

सो कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका १३ वटै वडाबा १/१जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको घोषणा पनि गरिएको छ ।

सो कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालय काठमाडौंका इन्दिरा ढकाल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, महिला तथा बालबालिका शाखा बूढानीलकण्ठका प्रमुख उपसचिव इन्दिरा श्रेष्ठ, सम्मानित महिला स्वास्थ्य स्वयं सेविकाका तर्फबाट नगर समिति संयोजक कमला पन्त, स्वास्थ्य संस्थाका तर्फबाट खड्का भद्रकाली स्वास्थ्य चौकी प्रमुख लिलाधर भुषाल, सेवा निवृत्त सम्मानितका तर्फबाट चन्द्र बिसी, वडा नं. ३ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी लगायतले‌ महिला स्वास्थ्य स्यमं सेविकाले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

नगरप्रमुख उद्धव खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उप मुख रमादेवी राइले स्वागत गरेकी थिइन् । बुढानिलकण्ठ जनस्वास्थ्य शाखाका संयोजक भवानी दाहालले संचालन गरेको सो कार्यक्रममा १२१ जना महिला स्वास्थ्य स्वयंसेविका,१३ वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत समितिका संयोजक, नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, स्वास्थ्यमा निजि क्षेत्रका संचालक तथा व्यवस्थापक र समाजसेवीहरुको सहभागिता थियो ।

सोही कार्यक्रममा ॐ अस्पतालका कार्यकारी अधिकृत बाबुकाजी कार्कीले नगरपालिकालाई बिएमआइ उपकरण प्रदान गरेका थिए भने महिला स्वास्थ्य स्वयं सेविकाका लागि उपचारमा छुट दिने प्रतिवद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...