स्वास्थ्य स्वयमसेविकाको भूमिकाको उच्च : राज्यमन्त्री रावल

Rajyamantri rawal

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकारले पहिलो पूरक बजेटबाट स्वयम् सेविकाका मागलाई सम्बोधन गरेको बताएका छन् ।

१५ औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा भीमदत्त नगरपालिका कार्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्री रावलले विदेशबाट रकम लिएर गरिने सेवा भन्दा महिला स्वयमसेविकाको पवित्र सामाजिक सेवा भएको भन्दै प्रशंसा गरे ।

‘प्रदेश सरकारले पूरक बजेटमा स्वयम् सेविकालाई तीन हजार रुपैँया दिने निर्णय गरिएको थियो, अहिले चालुमा एकमुष्ट १० हजार दिने निर्णय गरी बजेटमा समावेश गरेका छौ’ उनले भने,‘आगामी दिनमा तपाईहरुको योगदानको सधैं कदर गर्ने छौं ।’

उनले प्रदेश सरकारले महिला स्वास्थ्य सेविकाहरुले मातृ शिशु स्वास्थ्यमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने बताए ।

‘स्वास्थ्य समस्या समाधान गर्ने अभियानमा तपाईहरुको भूमिका महत्वपूर्ण छ, प्रदेश सरकार त्यसको उच्च मूल्याङ्कन गर्दछ’ उनले भने, ‘एनजिओ आइएनजिओले ठूलो रकम खर्च गरी गर्ने सेवा भन्दा निस्वार्थ भावले गरिएको यो सेवा अत्यन्तै प्रभावकारी छ, यसका लागि प्रदेश सरकार सक्दो गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिका सभापति हरकसिंह धामीको सभापतितत्वमा गरिएको कार्यक्रममा भीनपा वडा नं. १२ का अध्यक्ष कृष्णसिंह देउपा, समाजसेवी लिलाध्वज बस्नेत, भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, महिला स्वास्थ्य स्वयम्सेविका समन्वय समितिका संयोजक भारती सिह, अधिकारकर्मी भगवती थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हाजिरी जवाफमा विजयी आमा समूह र विभिन्न स्वास्थ्य संस्थाका उत्कृष्ठ स्वयम्सेविकालाई सम्मान गरिएको थियो । यसअघि अघि बजार क्षेत्रमा ¥याली निकालिएको थियो । नगरपालिका कार्यालयबाट सुरु ¥याली कार्यालय पुगेर कार्यक्रममा परिणत भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...