प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै

Kuposad

वीरगञ्ज । प्रदेश नं २ मा पोषणयुक्त खानेकुराको अभावको कारण कुपोषणको समस्या बढ्दै गएको छ ।

नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।

कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताए ।

प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ ।

गर्भवती महिला र बालबालिकामा पोषण तत्वको अभावको कारण मानसिक तथा शारीरिक विकासमा कमी आउनुजस्ता समस्या भयावह रहेको बताइएको छ ।

समुदायमा पोषण शिक्षाबारे जनचेतना फैलाउन नसक्नु, अति गरीब समुदायका बालबालिकाको उचित स्याहारसुसार नहुनु, पोषिलो खानाको अभावको कारण यो रोग लाग्ने गरेकाले यसको प्रचारप्रसार समुदायस्तरमा हुनुपर्नेमा संस्थाले जोड दिएको छ ।

प्रदेश नं २ मा बिसिजी सुईको अभावको कारण ५७ दशमलब ८ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ । प्रदेशमा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशतमात्र छ ।

प्रदेश नं २ मा देखिएको कुपोषणको भयावह समस्यालाई सामाधान गर्न सङ्घीय सरकार प्रदेश सरकारमार्फत यो कार्यक्रम ल्याएर कुपोषणसम्बन्धी समस्या समाधान गर्न यो कार्यक्रमलाई ग्रामीणस्तरसम्म पुर्‍याउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...