आज विश्व एड्स दिवस देशभर मनाउँदै

World aids day

काठमाडौं । सरकारले शनिबार विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम संचालन गरी मनाउने जानकारी गराएको हो ।

डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर नेपालले पनि शनिबार देशभर चेतनामूलक कार्यक्रम मनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले बताए ।

यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । विश्वमा हाल तीन करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ । नेपालमा भने यो रोग संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

केन्द्रका प्रमुख पोखरेलले त्यसमध्ये १२ हजार महिला सो रोगको संक्रमणमा परेको जानकारी दिए । सरकारले सन् २०३० भित्र पूर्ण नियन्त्रण हुने गरी एड्स रोग नियन्त्रण सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । केन्द्रले एड्स रोगबाट बच्न सावधानी अपनाउन पनि सबैलाई आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...