गर्भवती महिलाले के के खाने ?

Maxresdefault

काठमाडैं । गर्भावस्था आफैँमा जटिल समय हो । गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ ।

विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भवतीले कुन खानेकुरा खाने वा नखाने भन्नेबारे विश्वभर नै अलग-अलग मान्यता छन् । वैज्ञानिक र चिकित्सकहरूले पनि यो विषयमा खोज गरिरहेका छन् ।

सामान्यतया गर्भवती महिलाले साबिकको भन्दा दुई सय बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । जसमा दैनिक चार-पाँच चोटी या खाना खानु आवश्यक छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।

साथै दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक छ । त्यस्तै, कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ ।

घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित रूपमा सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि आवश्यक छ ।

यसका साथै गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ब्याक्टेरिया तथा भाइरसले सजिलै आक्रमण गर्ने सम्भावना रहन्छ । त्यसैले दैनिक प्रयोगमा ल्याउने खानेकुरामा ध्यान पु¥याउनुपर्छ । कतिपय मानिसले मेवा, भुइँकटहर, अंगुरजस्ता फलफूल हानिकारक हुने ठान्दछन् ।

तर, यो सत्य होइन । गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन । फोलिक एसिड भने अनिवार्य लिनुपर्छ । किनकि, यो स्वस्थ खानामा पनि पाउन सकिन्न ।

के नखाने ?
कतिपय खानेकुरा गर्भावस्थामा खानु हुँदैन । यस्ता खानेकुराले नाजुक अवस्थामा नोक्सान पुयाउन सक्छ । योवेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्छ ।

एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ ।

सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने बजारमा राखिएका खानेकुरा खानु हुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाऔँ । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...