रेडक्रसलाई निःशुल्क रगत उपलब्ध गराउन नगरपालिकाको तीन लाख सहयोग

Kanchanpur redcross news

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई सहयोग गरेको छ ।

भीमदत्त नगरपालिकाले तेस्रो नगर सभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको थियो । नगर सभाको निर्णय अनुसार नगर वासिन्दालाई निःशुल्क रुपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको हो ।

रेडक्रस सोसाइटीले २०५१ सालदेखि सञ्चालन गर्दै आएको रक्त सञ्चार सेवा केद्रबाट बर्सेनी ७ सयदेखि ९ सय जनाले सेवा लिँदै आएका छन् । रेडक्रसले आर्थिक अभावमा ७ सय ७० रुपैयाँमा एक प्रिन्टमा रगत उपलब्ध गराउँदै आएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरे । नगर प्रमुख विष्टको कार्यकक्षमा गरिएको कार्यक्रममा भीनपाका नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, कार्यपालिका सदस्य मदन सेराला, रेडक्रस सोसाइटीका सभापति उप्रेती, उप सभापति नरबहादुर राना, उप मन्त्री मन्जु दाहाल लगायतका सहभागी भएका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले समृद्ध नगर बनाउन सबैसित साझेदारी गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए । गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।

गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।

भीनपाले वडा नं. १० श्रीलंका टोलमा कल्भर्ट निर्माण, वडा नं. ९ मुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक बाँध निर्माणमा रेडक्रससित साझेदारी गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस