उत्कृष्ठ करदाता भनिएको सूर्य नेपालले नै गर्‍यो ऐन कार्यान्वयनको उलंघन

Surya nepal pvt ltd

काठमाडौं । सातौं करदाता दिवसमा १५ करदाता उत्कृष्ठ घोषित भई सम्मानित भए । त्यही १५ जनाकै सुचीमा थियो सूर्य नेपाल प्रालि पनि ।

सूर्य नेपालले आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको थियो । तर, सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयन नगर्नेमा सूर्य नेपाल पनि परेको छ ।

नेपालको प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपाल नै हो । तर, यसले नै ऐनको कार्यान्वयनमा चासो देखाएको छैन ।

ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अंकित छाप्ने वाध्यकारी व्यवस्था छ ।

तर, सूर्य नेपालद्धारा उत्पादित चुरोटमा ऐन अनुसारको चेतनामुलक शन्देशको चित्र अंकित छापेको छैन । सूर्य नेपालले नै यसरी नियम पालनामा अटेर गर्दा पनि सरोकारवाला निकायले कुनै वास्था गरेका छैनन् ।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा शनिबार आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुले ठूला कम्पनीहरुले नै ऐन कार्यान्वयनमा अटेर गरेकोमा दुःख व्यक्त गरे ।

उनीहरुले सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरे ।

पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ५० लाखभन्दा माथि छ । सूर्तीजन्य पदार्थकै कारण वर्षेनि २५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावलीलाई कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग तथा स्वास्थ्य मन्त्रालयको समन्वय आवश्यक रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस