धर्नामै निर्मलाका आमाबुबा बिरामी

Nirmala aama buba 650x294

भीमदत्तनगर । निर्मला पन्तका आमाबुबाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीय निर्मलाका न्यायको माग गर्दै धर्नामा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि २४ घण्टे अनसन बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा कात्तिक २५ गतेदेखि धर्नामा बसेका छन् । दुबै जनालाई ज्वरो आउनुको साथै रुघाखोकी लाग्नुको साथै हातखुट्टा दुख्ने समस्या देखा परेको छ । चिकित्सका अनुसार रक्तचाप समेत बढेको छ ।

उपचारका संलग्न महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहोराका अनुसार चिसोका कारण दुबै जनाको स्वास्थ्य बिग्रदै गएको हो । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्त पनि धर्नामा बसेकी छन् । उनको स्वास्थ्य पनि कमजोर बन्दै गएको छ ।

छोरीले न्याय नपाएसम्म धर्ना जारी रहने बुबा यज्ञराजले बताए ।

प्रतिकृया दिनुहोस