चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

Baby 478x300

काठमाडौं । जिल्ला अस्पताल सङ्खुवासभामा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।

चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले २ चिकित्सक उपलब्ध गराएकोमा एक चिकित्सकको समयावधि सकिएको र अर्को बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो ।

डा.युवराज बस्नेत दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेको र डा.शैलीका श्रेष्ठ पनि बिदामा बसेका छिन् ।

सोमबार खाँदबारी नगरपालिका-४ का प्रसूति सेवाका लागि बिरामी ल्याएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि उनी समस्यामा परे ।

अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावका कारण अन्यत्र लान नसकेको उनको गुनासो थियोे । उनी मात्र होइन प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर-पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् ।

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन ।

अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुगिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...