विश्व मधुमेह दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाईदै

Madhumeha diwashh

काठमाडौं । परिवार र मधुमेह भन्ने मुख्य संदेशका साथ आज विश्व मधुमेह दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार हाल विश्वमा करिब ४२ करोड ५० लाख मानिसहरु मधुमेहसँगै बाँचिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि दक्षिण पूर्वी एसियामा रहेका ११ वटा देशमा मात्र ९ करोड १० लाख मानिसमा मधुमेह रहेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल समेत रहेको यो क्षेत्रमा ४ करोड ९ लाख मानिसलाई आफ्नो रोगबारे थाहा नभएको पनि बताईएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशन डा। पुनम क्षेत्रपाल सिंहले नसर्ने रोगहरुमध्ये प्रमुख रहेको मधुमेह नियन्त्रण यस क्षेत्रको नै पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।

डाक्टर सिंहले मधुमेह रोकथामका लागि परिवारमा सचेतना हुनु, स्वस्थ वातावरणका लागि परिवार र स्वास्थ्यकर्मीबीच चेतना तथा पहुँच हुनु र मधुमेह रोगका औषधि तथा उपचार पद्धतिमा पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...