बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिन विज्ञहरुको आग्रह

स्वास्थ्यमा ध्यान

काठमाडौं । बालबालिका र किशोर किशोरीको मानसिक रोग सम्बन्धी राजधानीमा भएको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरुले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सम्मेलनले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा भएको सम्मेलनले ११ बुँदे घोषणपत्र जारी गर्दै मानसिक स्वास्थ्यको विविध पक्षलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको हो ।

नेपालमा पहिलो पटक भएको अन्तराष्ट्रिय सम्मेलनमा स्वदेशी र विदेशी गरी २ सय १७ जना विशेषज्ञहरुको सहभागिता थियो । सम्मेलनमा बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यको समस्याका सम्बन्धमा गरिएको अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...