मानसिक स्वास्थ्य र आहारमा के सम्बन्ध छ ?

Vegetables 1024x696

काठमाडौं । मधुमेह (डाइबिटिज) सँग खानाको प्रत्यक्ष सम्बन्ध छ । त्यस्तै मोटोपन, हृदयघात आदि पनि खानासँग सीधा सम्बन्ध छ । तर , मानसिक स्वास्थ्य र आहारमा के सम्बन्ध छ ? यो अध्ययनको गम्भीर बिषयको रुपमा रहेको छ ।

मध्ययुगतिर मानिस आफ्नो मुड परिवर्तन गर्न विभिन्न खानाको प्रयोग गर्ने गर्दथे । रमाइलो मुड बनाउन र उत्तेजना ल्याउँन अन्डा, बिउ, अनारको प्रयोग गर्दथे । हालै अमेरिकामा रहेको न्युयोर्क ब्यघटन स्वास्थ्य र कल्याण अध्ययन नामक एक संस्थाको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार वयस्क ३० वर्षभन्दा कम उमेर भएकाले अरुको तुलनामा तीन गुणा बढी फास्टफुड खान्छन् । र तिनीहरु मानसिक रुपमा विचलित हुने गर्दछन् ।

फास्टफुडमा सामान्यतया फ्याटी एसिड उच्च रुपमा पाइन्छ । र शरीरमा भ्रामक प्रतिक्रिया उत्पन्न गर्दछ । जुन चिन्ता र डिप्रेसनसँग प्रत्यक्ष जोडिएको छ । ३० वर्ष भन्दा माथिका वयस्कका लागि कम कार्बोहाइडे«ट र फलफुलले तनाव हटाउन महत्पूर्ण भुमिका खेल्छ ।

विशेषगरी, फलफुलले मस्तिष्कको रक्षा गर्ने एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । सन्तुलित डाइटिङ दिमागका लागि महत्पूर्ण हुन्छ । यस्तै फ्याटी एसिड, खनिज पाइने खानेकुरा, भिटामिन बी, सी र ईबाट म्याग्नेसियम , फलफुल आदिको सेवनले सीधै मानसिक स्वास्थ्यमा प्रभाव पारेर मानिसको मुड परिवर्तन गराउन सहयोग पु¥याउने एक अनुसन्धानले देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...