यस्ता छन् आफुले आफुलाई नचिन्दाका बेफाइदा

Suraj gautam

मेरो जीवन नै बेकार छ ? मैले जीवनका केही गर्न सकिरहेको छैन ? के तपाईलाई यस्तो लागिरहेको त छैन ? यदी यो हो भन्ने लाग्छ भने तपाईले आफ्नो मन, दिमाग र सोचबाट त्यो घृणालाई निकाली स्वयमलाई माया गर्न सुरु गर्नुहोस् । जीवनमा अरुलाई माया गर्नुभन्दा पहिले आफुले आफुलाई माया गर्न जाने जीवनको सार्थकता प्राप्तीतिर जीवन उन्मुख हुनेछ ।

मानवरुपी शरीर लिएर धर्तीमा जन्मिएपछि सर्वप्रथम त्यसको महत्व र उदेश्य बुझन केही समय दिन सके मानिसको स्वज्ञानले नै उसलाई धेरै कुरा सिकाउँछ र बुझाउँछ । प्रत्येक मानिससँग केही न केही प्रतिभा रहेकै हुन्छ । मानिसले स्वयमको प्रतिभालाई चिन्न सकिरहेको हुँदैन । उ बेकारका फजुल कुराको जालोभित्र जकडिएर त्यसमै अल्झिरहेको हुन्छ । जसमा क्षणिक आनन्दको भ्रम बाहेक अरु केही हुँदैन ।

त्यसबाट बाहिर निस्कन आफ्नो जन्मसँगै उपहारस्वरुप प्रापत भएको प्रतिभाको खोजी गरेर नजिक पुग्न सके व्यक्तिले स्वयम् आफुलाई माया गर्न थाल्दछ र आफ्नो अन्तरमनको शक्तिको प्रयोग गरी जीवनको उदेश्य नजिक पुग्न सक्छ ।

यदी तपाईलाई आफुले आफुलाई माया गर्न चाहनुहुन्छ र खुसी जीवन जीउन चाहनुहुन्छ भने यी केही बुँदाहरु छन्, जसमा तपाईले ध्यान दिएर पालना गरे आफुलाई माया गर्न थाल्नुहुनेछ ।

आफ्नो नकारात्मक आलोचना नगर्ने
जब तपाई स्वयम् आफुले आफुलाई नकारात्मक आलोलना गर्नुहुन्छ वा निरुत्साही पार्नुहुन्छ, त्यसबेला तपाईले तपाईलाई गरिरहेका ती कुराहरु तपाईको अवचेतन मन (sub conscious mind) मा नकारात्मक धारणा व्यवस्थित रुपमाा बास गर्न थाल्छ । त्यसको परिणाम नराम्रै निस्किन्छ ।

उहादरणका लागि हामीले कहिले पनि ‘म जान्दिनँ, म सक्दिन होला, हुँदैन होला, केहुन्छ होला र ?’ जस्ता नकारात्मक सोचाई छन् भने त्यसैलाई आजैका दिनबाट परित्याग गर्दा राम्रो हुन्छ । बिस्तारै हेर्नुहोस्, तपाईका उत्साह र जाँगर बढ्न थाल्नेछ ।

डर फ्याँकनुहोस्
डर सबैभन्दा घातक चिज हो । डरले भरिएको बिचार तथा कृत्यले व्यक्तिलाई सोचे अनुरुप परिणाम पाउन निक्कै कठिन हुन्छ । हिन्दीमा एउटा भनाई छ, ‘जो डर गया, ओ मर गया’ । सायद तपाईले पनि यो भनाई सुन्नु भएकै छ । हो, डर र त्रासले प्रेरित मनोभावनाले व्यक्तिलाई कुण्ठित पार्दछ । जसले गर्दा व्यक्तिमा नकारात्मक भावनाहरु मनमा खेल्न सक्छ ।

व्यक्ति स्वयम्बाट टाढा भई काल्पनिक संसारमा अडी विभिन्न उपायको खोजी गर्दछ । जुन कुराले गर्दा व्यक्ति आफैंबाट टाढा भइरहेको हुन्छ । त्यसैले आजैबाट डरलाई आफ्नो जीवनबाट निकालेर फ्याक्नुहोस् ।

धैर्यताको विकास
प्राय मानिसहरु सफलता प्राप्तीका लागि मेहेनत नगरी नै सहजताका साथ सफलताको सिढी चढ्न खोजिरहेका हुन्छन् । जुन असम्भव जस्तै हुन्छ । तपाईमा पनि यस प्रकारको बानीले जड हाल्न लागेको छ छैन ? बेलैमा आफ्नो बानीप्रति सचेत रहनुहोस् । सधैं कठोरभन्दा कठोर परिश्रम गर्न आफुले आफुलाई तयार पर्नुहोस् ।

परिश्रमपछि आउने परिणाम के होला भनेर गरिने चिन्ता तुरुन्तै आफुबाट निकारले फ्याँक्नुहोस् । त्यसका लागि धैर्यताको खाँचो अपरिहार्य छ । सोच्नुहोस्, जे भइरहेको छ, राम्रै भइरहेको छ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ । जे हुनेवाला छ, त्यो स्वीकार्य हुनेछ भन्ने सोच्नुहोस् । यसले तपाईलाई धैर्य गर्न सिकाउनेछ ।

दयाको भावना
आफ्नो मनबाट घृणाको भाव हटाउनुस् । किनभने घृणाको भावले स्वयम्लाई स्लो प्वोइजनको रुपमा विस्तारै विस्तारै, भित्रभित्रै सिध्याइरहेको हुन्छ । उसँग सबै चीज हुँदा पनि खुसी रहन सक्दैन । साथीभाई र इष्टमित्रसँगको सम्न्नध धमिलिँदै जान थाल्दछ । अरुलाई दोशी, सबै बेठिक र सबै नराम्रा देख्न थाल्दछ ।

घृणाको भावले भरिएको व्यक्तिमा अहमता पनि चुलिँदै जान्छ । उ आफुबाट आफैं भाग्दै हिड्छ । जसको कारणले उसले आफुले आफुलाई पनि कहिले साँचो माया दिन सक्दैन । त्यसैले दयाको भावनाले ओतप्रोत हुनुहोस् । सबैलाई समान व्यवहार गर्नुहोस् । बोलीमा नम्रता र मिठासको विकास गर्दै जानुहोस् । यसले तपाईलाई सफलतामा पुग्न मद्यत गर्छ ।

सोचमा परिवर्तन
यदी तपाईलाई आफुभित्र नकारात्मक बानी र विचारहरु छन् भन्ने लाग्छ भने त्यस्ता बानी, विचार र व्यहारको खोजी गर्नुहोस् । उक्त कुरा पक्ता लागिसकेपछि सकारात्मकमा बदल्ने कार्य थाल्नुहोस् ।

उदाहरणको लागि सोच्नुहोस् विहान उठ्न सधैं ढिलो गर्नुहुन्छ । झट्ट हेर्दा नकारातमक नदेखिने यो बानीले गर्दा तपाईमा अल्छिपनाको विकास भइरहेको हुन्छ । त्यो अल्छिपना बढ्दै जाँदा तपाईलाई असफलताले एकपछि अर्काे गर्दै पछ्याइरहेको हुनसक्छ । जसको कारणले गर्दा जीवन नै निरास लाग्ने, आफ्नो जीवन नै बोझ लाग्ने र आफुदेखि आफैंलाई नै घृणा लाग्नेसम्म हुन सक्छ ।

केही समयपछि तपाईलाई लाग्नसक्छ अब मेरो ढिलो उठ्ने बानीको कारणले गर्दा ममा अल्छिपना बढेको रहेछ । मेरो ढिलो उठ्ने बानीलाई सुधार गरी मेरो अल्छिपनामा काम गर्छु भन्ने विचार जाग्छ भने तपाई विहान सबेरै उठ्ने जुक्तिको खोजी गर्न थाल्नुहुन्छ । उक्त जुक्ति जीवनमा अवलम्बन गरी आफ्नो नकारात्मब बानीलाई सकारात्मकतर्फ मोड्न प्रयास गर्नुहुनेछ र सफलता पाउनुहुनेछ । जसले गर्दा तपाईमा नकारात्मक बानीलाई खोजी गर्ने र सकारात्मक बानीमा बदल्ने खालका बानीको विकास हुन्छ । र, तपाईभित्र एक प्रकारको आत्म शक्तिको विकास हुन्छ । जसले गर्दा तपाई स्वयमले तपाईलाई माया गर्न थाल्नुहुनेछ ।

स्वास्थ्यको ख्याल गर्ने
जीवनमा कुनै पनि कार्य गर्न आफु स्वास्थ्य रहनु पहिलो महत्वपूर्ण विषय रहन्छ । स्वास्थ्य शरीरबाट मात्र स्वास्थ्य विचार र भावना पैदा हुन्छ । शरीर स्वास्थ्य रहन पोषणयुक्त खाना तथा नियमित व्यायाम गर्न जरुरी हुन्छ । यदी कुनै व्यक्ति स्वास्थ्य छ भने उनको चमक अनुहारमा नै सांकेतिक सञ्चार भइरहेको हुन्छ । शारीरिक र मानसिक रुपबाट स्वास्थ्य व्यक्तिको उपस्थितीले पनि समुहमा आत्मीय तथा करुणालाई सांकेतिक सञ्चार गरिरहेको हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्ने बानीको विकास गर्नुहोस् ।

आफैंलाई चिन्नुहोस्
आफुभित्र रहेको आफ्नोपनलाई चिन्ने र बुझ्ने प्रयास गर्नुहोस् । आफुले आफुलाई ऐनासामु देखिएको भौतिकरुपी शरीरलाई मात्र हेरी समय खेर नफाल्नुहोस् । आफुभित्र भएको शक्ति तथा सामथ्र्यलाई विचार गर्नुहोस् । आफ्ना राम्रा गुणहरुलाई चिन्नुहोस् । जसले तपाईलाई तपाईसँग प्रेम गर्न सिकाउँछ ।

आफ्नै समर्थन गरौं
कुनै पनि व्यक्तिले जबसम्म आफुले आफुलाई सही अर्थमा समर्थन गर्न सक्दैन, उ सफल र खुसी रहन सक्दैन । प्राय मानिसहरु अरुको समर्थनमा जीवनलाई धकेलिरहेको भेटिन्छ । जसले गर्दा केही वाधा तथा अफ्ठायारो पर्दा आत्तिने र गलत निर्णय गरी जीवनभरी पछुताउने गर्दछन् । त्यसैले आफेले आफैंलाई समर्थन गर्ने बानीको विकास गर्नुहोस् ।

यसो गर्दा तपाई आत्म निर्भर बन्न सिक्नुहुनेछ । जस्तो सुकै बाधा अफ्ठेरोमा पनि तपाईको स्वज्ञानले तपाईलाई सही मार्गदर्शन गराउने छ र, तपाईले तपाई आफैंलाई माया गरी अगाडी बढ्ने बाटो आफैं देख्नुहुनेछ ।

(लेखक मनोपरामर्शदाता हुन् । उनी विभिन्न सामाजिक संघ संस्थामा कार्यरत छन् ।)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...