देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Vitamin a polio eajzydudcw

काठमाडौं । देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...