धनकुटामा एकै दिनमा २ सय जनाको निःशुल्क शल्यक्रिया

Helth cam dkt

धनकुटा । धनकुटामा सञ्चालन भइरहेको बृहत निःशुल्क स्वास्थ्य शिविरअनतर्गत सोमबार एकै दिनमा २ सय जनाको निःशुल्क शल्यक्रिया भएको छ ।

शल्यक्रिया शिविरमा १६ जनाको ठूला जटिल शल्यक्रिया (मेजर अप्रेशन) भएको थियो पायल्सको समेत शल्यक्रिया गरिएको थियो ।

आजै १०८ जनाको दातको उपचार गरिएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए ।

धनकुटामा जारी बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिँदै आएको शिविर आयोजक समितिका सचिव विजय सन्तोषी राईले बताए ।

सो शिविर कार्तिक १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...