रोकिएन ट्रिपर आतंकः मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, एक घाइते

Tippertruck

काठमाडौं । सडकमा आतंक मच्चाउने गरेको ट्रिपरले शनिबार पनि एक जनाको ज्यान लिएको छ । काभ्रेको पाँचखालमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

तिनपिप्ले स्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखाल तर्फ जादै गरेको बा ३ क ६४२ न.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको १३५९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा ५६ वर्षीया रन्जना गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक पाँचखालका ६५ वर्षीय कमल प्रसाद गौतम घाईते भएका छन् । मृतक रञ्जना कमलकी श्रीमती हुन् ।घाइतेको धुलिखेल अस्पताल उपचार भइरहेको छ । ट्रिपर चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...